काठमाडौँ – पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेसन केन्द्रमा संक्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको छ । रासस
तपाइँको प्रतिक्रीया