२०८२ असार ५ बिहीबार

राशिफल

बिहीबारबाट राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध

काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबारबाट राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो ।

निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ । राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै भए भनेर सो निर्णय गरेको बताइएको छ ।

त्यस्तै सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ । अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ ।