२०८२ असार ५ बिहीबार

राशिफल

रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँ – अनामनगरमा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

गएराति सवा १ बजे रोकिराखेको प्रदेश ३, ०१, ००६ ख ०७९७ नम्बरको टिपरमा अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा२ब ७५८९ नम्बरको स्कुटर ठोक्किएदा स्कुटर चालक सुर्खेत घर भएका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिभिल अस्पताल मीनभवनमा मृत्यु भएको जनाइएको छ । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।