२०८२ असार ६ शुक्रबार

राशिफल

बिहीबार थप ३ हजार २ सय ६० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौँ – बिहीबार थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख २५ हजार ७ सय ६९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार २ सय ९४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ जना रहेको छ । आज ३२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार २ सय १२ जना पुगेको छ ।