२०८२ असार ३ मङ्गलबार

राशिफल

‘कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गर्दै विरोध गर्नुभयो ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ ? भनि प्रश्न गर्नुभयो । सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’