काठमाडौँ – पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संचालन गरेको कोभिड–१९ ओपिडीमा अहिले दैनिक ५० जना हाराहारीमा परीक्षण गराउन आउँछन्। ती मध्ये अधिकांशमा कोरोना संक्रमणको पुष्टि हुने गरेको छ। असार अन्तिमसम्म कोभिड–१९ ओपिडीमा आउनेको संख्या दैनिक २० जनाको हाराहारीमा थियो। तीमध्ये थोरैमा मात्र संक्रमण देखिन्थ्यो।
अस्पतालका कोभिड फोकल पर्सन डा शरदचन्द्र बरालका अनुसार पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमण डर डरलाग्दो गतिमा बढेको छ। परिवारै संक्रमण हुने संख्या बढेको उनले बताए। ‘पहिला व्यक्तिगत रूपमा संक्रमणको केस थिए। अहिले त परिवारै संक्रमित भएका छन्।
ओपिडीमा परीक्षणमा आउनेमा परिवारकै सदस्य छन्,’ उनले भने, ‘हेलचक्र्याइँले गर्दा अहिले परिवार नै संक्रमित हुन थालेका छन्।’ एकै परिवारका ४र५ जना सदस्य नै संक्रमित हुन थालेको बरालले बताए। ‘अहिले बाहिरको अवस्था डरलाग्दो छ । बिरामीको चाप हरेक दिन बढिरहेको छ। परिवारका सबै सदस्य संक्रमित हुँदा अवस्था जटिल बन्दै गएको छ,’ उनले भने।
उनका अनुसार क्षेत्रीय अस्पतालमा अहिले कोरोनाका बिरामीका लागि उपचार गर्न भनेको बेला बेड पाउन मुस्किल छ। पहिलेजस्तो बेन्चमै राखेर वा अन्यत्रका अस्पतालमा पठाउनुपर्ने अवस्था नआएपनि इमर्जेन्सीमा पालो कुनुपर्ने अवस्था आइसकेको उनले बताए। ‘इमर्जेन्सीमा बेड कुनुपर्ने बेला भएको छ। ओपिडीमा पनि दिनमा ५० जनासम्म आएका छन्। परिवारका सम्पूर्ण सदस्य संक्रमित भएका छन्,’ बरालले भने, ‘संक्रमितको संख्या बढिरहेको छ । अब सरकारले कठोर एक्सन लिएन भने धान्न सकिन्न।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ४८ जना कोरोना विशेषमा र मेडिकल वार्डमा ४० जना बिरामी उपचाररत छन्। कोभिडका लागि छुट्याइएको बेड शतप्रतिशत भरिएको उनले बताए। ‘अब त बेड नै पाउन पनि मुस्किल छ। भएको क्षमतामा बिरामी भरिएका छन्। अरू वार्डमा सार्न पनि समस्या छ। सन्तोस पोखरेलले आजको नागरिक दैनिकमा खवर लेखेका छन् ।
किनकि अरूखाले बिरामी पनि आएका छन्,’ उनले भने। त्यस्तै लेखनाथस्थित संक्रामक अस्पतालमा पनि पूर्ण क्षमतामा कोरोनाका बिरामीको उपचार भइरहेको बरालले जानकारी दिए। लेखनाथको संक्रामक अस्पतालमा पनि ५४ जना बिरामी छन् ।
तपाइँको प्रतिक्रीया