२०८२ असार ४ बुधबार

राशिफल

साउन ३२ गतेसम्मको लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ ।

आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

आजको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।