काठमाडौँ – विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा धनुषामा तीनजना पक्राउ परेका छन् ।
गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका – २ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको र सो कम्प्युटर वडा नम्बर – ४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीका अनुसार विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेको हो । प्रहरीले महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका – ८ निवासी रामप्रकाश महतोलाई पक्राउ गरेको छ ।
फेला परेको कम्प्युटरसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया