काठमाडौँ – माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
केन्द्रीय कमिटी बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्द्धनका विषयमा छलफल हुने भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाबारे पनि छलफल हुने गरी प्रस्ताव तय भएको बताइएको छ ।
तपाइँको प्रतिक्रीया