काठमाडौँ – थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ३ सय २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ८० हजार ८ सय १५ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया