काठमाडौँ – गुल्मीमा ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आरोपित पुरुषले साउन २८ गते जबरजस्ती करणी गरेकोे भनी पीडित परिवारले भुर्तुङमा प्रहरी चौकीमा उजुरी दिएको थियो । प्रहरीले पीडित नाबालिका र आरोपित पुरुषको नाम गोप्य राखेको छ ।
तपाइँको प्रतिक्रीया