२०८२ असार ३ मङ्गलबार

राशिफल

कांग्रेसको १४ औँ महाधिवेशन फेरि सर्यो

काठमाडौँ – भदौ १९ गतेदेखि गर्ने भनिएको कांग्रेसको १४ औँ महाधिवेशन फेरि सरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ । त्यस्तै वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ ।

त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ । जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ । केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।