काठमाडौँ – कैलाली जिल्लामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति लम्कीचुहा नगरपालिका– ६ मा सुपप्र ००१–००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया