२०८२ असार ६ शुक्रबार

राशिफल

प्रदेश न.२ मा नेपाल भ्यालुयर्स एसोसिएशनको प्रादेशिक कार्यालय उद्घाटन

प्रदेश न.२ को जनकपुरधाममा नेपाल भ्यालुयर्स एसोसिएशनको प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।अधिकृत संगमको दोस्रो तल्लामा भएको कार्यालयको उद्घाटन समारोह केन्द्रीय अध्यक्ष इ. ऋषि कोइराला ले गरेका थिए । कार्यालय को स्थापन र नेपाल भ्यालुयर्स एसोसिएशन को महत्व तथा भाबी रणनिति बारेमा कोइरालाले प्रकाश परेका थिए ,

निबर्तमान उपाध्यक्ष तथा बर्तमान केन्द्रीय सदस्य ई.संजय महतो ले कसरि सात जना बाट प्रारम्भ गरि हाल सात सय जना मुल्यांकनकर्ता आबद्ध हुनपुग्यो भन्ने बारेमा जानकारी गराएका थिए ।

जनकपुरधाम च्याप्टरका अध्यक्ष ई.दिलिप श्रीबास्ताबले सबै मुल्यांकनकर्ता एकजुट हुनपर्ने मा जोड दिए र नया मुल्यांकनकर्ता लाई पनि आबद्ध हुन् आग्रह गरे ।

एसोसिएशनका सचिव ई. हेमशंकर अरगरियाका अनुसार सो समारोहमा पूर्वाञ्चल च्याप्टरका अध्यक्ष अमोदराज आचार्य, बीरगञ्ज च्याप्टरका अध्यक्ष मुन्न सर्राफ, केन्द्रीय सदस्य रामरतन यादव, सल्लाहकार ई. लालबाबु साह लगायतको उपस्थिति रहेको बताए ।