२०८२ असार ६ शुक्रबार

राशिफल

सालकको खबटासहित २ जना पक्राउ

काठमाडौँ – काठमाडौँको बालाजुबाट सालकको खबटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मकवानपुरको बकैया गाउँपालिका घर भएका कान्छालाल मोक्तान र धनबहादुर योञ्जनलाई १ किलो ५ सय ग्राम सालकको खबटासहित पक्राउ गरेको हो ।

मकवानपुरबाट खबटा बेच्न उनीहरु काठमाडौँ आएका थिए । उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।