काठमाडौँ – थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ३२ हजार २ सय ७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ८ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ८२ हजार ६ सय ८२ जना रहेको छ । आज ३३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार २ सय ९२ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया