२०८२ असार ४ बुधबार

राशिफल

१२ निर्णय गर्दै माओवादी केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले १२ वटा निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

आज पेरिसडाँडामा बसेको बैठकले १२ वटा निर्णयहरु गर्दै सम्पन्न भएको हो । माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव अनुसार निम्न निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

१. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।

२. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।

३. २०७८ असोज २० गते वडा सम्मेलन

४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।

५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन

६. २०७८ पौष ११ देखि १३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।

७. संघियताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।

८. जनवर्गिय एवं विभिन्न जातियरक्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू अशोज मसान्तासम्म सम्पन्न गर्ने ।

९. जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र दिईने ।

१०. विधान संशोधन सहित पारित गरिएको छ ।

११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।

१२. सबै रिक्त कमिटिमा पदपुर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।