काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ ।
ईपीएलले प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो । कोरोना महामारीको कारण खेलाडीले ब्यहोरेको कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ ।
तपाइँको प्रतिक्रीया