२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आइतबार ९० हजार २ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।