२०८२ असार ३ मङ्गलबार

राशिफल

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु हुँदै

काठमाडौँ – आजदेखि लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु हुँदैछ ।

शंकर पोखरेल नेतृत्वको सरकारको वहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गरेका हुन् ।

दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने वैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने कार्यसूचि छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि छ ।