काठमाडौँ – सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको हो ।
उनी घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न गएका उनी अचानक पानीमा लडेको र स्थानीयहरूले अचेत अवस्थामा देखेपछि उपचारको लागि उनलाई युनिक अस्पताल रुपनी लगिएको थियो । त्यहाँ पुग्दा चिकित्सकले मृत घोषण गरेका थिए ।
पोष्टमार्टमको लागि शव गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया