काठमाडौँ – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका – ३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई पक्राउ गरेको हो ।
थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया