२०८२ असार ६ शुक्रबार

राशिफल

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ – रौतहटबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गएराति एक अनलाइन मिडिया संचालक ईशनाथ नगरपालिका – ८ का मो. मोजिबुल्लाह र राजपुर नगरपालिका९७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।