काठमाडौँ – ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा ६ जना व्यक्तिबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया