२०८२ जेठ २७ सोमबार

राशिफल

शून्य दशमलव २३ अङ्कले बढ्यो नेप्से

काठमाडौँ – मंगलबार नेप्से शून्य दशमलव २३ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको शेयरमा हरियाली देखिएको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको एक सय १७, फाइनान्सको एक सय ४१, उत्पादनको ९० र माइक्रोफाइनान्स समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । बैंक, व्यापार, होटल, बीमा र अन्य समूहको शेयर भने घटेको छ ।

आज दुई सय २१ कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १८ अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।