काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने बताएका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवाले उक्त अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने बताएका हुन् ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर त्यागका साथ सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।
तपाइँको प्रतिक्रीया