२०८२ असार ८ आइतबार

राशिफल

गाडीको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौँ – पिकअप गाडीको ठक्करबाट बाराको परवानीपुर गाउँपालिका एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।

ना४च ३४३२ नम्बरको पिकअप गाडीले ना२१प १८३१ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दीदा मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वाटोलका ३८ वर्षीय राजेश रामको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ । घाइते दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ ।