काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया