काठमाडौँ – कोरोना संक्रमणबाट राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा निधन भएको छ ।
बुधबार साँझ उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन् ।
संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।
उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । उनको पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।
तपाइँको प्रतिक्रीया