२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली युएई प्रस्थान

काठमाडौँ – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ ।

टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन । प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्ने टोलीमा रहेका छन । यस्तै महिला ५७ किलोमा नारिका राईले प्रतिस्पर्धा गर्ने छिन ।

यस्तै पुरुष जुनियरतर्फ ५४ किलोमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० किलोमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका छन ।