२०८२ असार ७ शनिवार

राशिफल

थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ – थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ४२ हजार २ सय २८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार १ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ जना रहेको छ । आज ३३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ जना पुगेको छ ।