२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आईसीसी महिला विश्वकप क्रिकेट छनोट जिम्बाबेमा हुने

काठमाडौँ – आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने भएको छ ।

छनोट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने आईसीसीले जनाएको छ । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।

क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुने आईसीसी महिला विश्वकप सन् २०२२ मा खेल्न पाउने छन् ।

आईसीसीले केही दिनमै खेल तालिका सार्वजनिक गर्ने जनाएको छ।