२०८२ असार १२ बिहीबार

राशिफल

नेपालको समूहले दिएको पार्टीको नाम अस्वीकृत

काठमाडौँ – नेता माधवकुमार नेपालको समूहले दर्ताका लागि निर्वाचन आयोगमा दिएको पार्टीको नाम अस्वीकृत भएको छ ।

नेपाल समूहले बुधबार ‘नेकपा एमाले (समाजवादीं) ’ नामको पार्टी दर्ताका लागि निवेदन दिएको थियो । तर एमाले नामको पार्टी पहिले दर्ता रहेकाले यससँग मिल्दोजुल्दो नाम राख्न नपाइने भनेर आयोगले अस्वीकृत गरेको हो ।

नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पार्टीको नाम अस्वीकृत भएपछि अर्को नाममा छलफल गर्दैछ । नेपाल पक्षका नेताहरुका अनुसार नयाँ पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखिएको छ । त्यस्तैगरी पार्टीको चिन्हसमेत परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको नेताहरुको भनाइ छ ।