२०८२ असार ७ शनिवार

राशिफल

थप ३०४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

काठमाडौँ – शुक्रबार थप ३०४२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ नमुना (१० हजार ५३० पीसीआर र ७१२४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार थप २६ जनाको कोभिड – १९ संक्रमणबाट मृत्यु भएको छ । २२४४ जना पछिल्लो २४ घण्टामा निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ४० हजार ३०९ पुगेको छ । १ लाख ८० हजार जनाले पछिल्लो अवधिमा कोभिडविरुद्धको खोप लगाएका छन् ।