२०८२ जेठ २२ बुधबार

राशिफल

हाँस्यकलाकार शम्भुराज थापाको निधन

Entertainment News

काठमाडौँ – चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।

थापाले हास्य टेलिश्रृंखलाहरू हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए । ६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४ः४० बजे निधन भएको हो ।