२०८२ असार ७ शनिवार

राशिफल

शैक्षिक सुधारका लागिओलीद्वारा एक लाख सहयोग

Prime Minister KP Sharma Oli addresses the consultation meeting with ministers and secretaries held to discuss the issues of acid attack victims, at his official residence in Baluwatar, Kathmandu, on Thursday, September 10, 2020. Photo: PM’s secretariat/Rajan Kafle

काठमाडौँ – शैक्षिक सुधारका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

शुक्रवार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

उनले भने, “वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकास प्रेमी साथीहरुलाई सबै सहयोगी हातहरु जसरी अगाडि बढ्नुभएको छ, त्यसरी सधैँ लाग्नुहोस्, धेरै धेरै धन्यवाद, तपाईहरु अझै ठूला काममा सफल हुँदै जानुस् शुभकामना ।”