२०८२ असार ७ शनिवार

राशिफल

नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ – सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् ।

भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाललाई १ सय रुपियाँ दरका १६ थान नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।