काठमाडौँ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामान्य रुघाखोकी र ज्वरो आएको पुत्री गंगा दाहालले जानकारी दिएकी छन् ।
फेसबुकमा दाहालले लेखेका छन् कोभिड टेस्ट भने नेगेटिभ आएको छ । टेस्ट रिपोर्ट आएसँगै अहिले प्रचण्डको अवस्था सामान्य रहेको उनले बताएकी छन् ।
देश विदेशबाट धेरैले प्रचण्डको स्वास्थ्य अवस्थाबारेमा बुझ्न खोजिरहेको भन्दै गंगाले औपचारिक जानकारी दिएकी हुन् । उनी प्रचण्डको सचिवालयमा समेत काम गर्छिन् ।
तपाइँको प्रतिक्रीया