२०८२ असार ७ शनिवार

राशिफल

१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने २ जना प्रकाउ

काठमाडौँ – शुक्रबार राती वीरेन्द्रनगर नगरपालिका १२ नेवारको खुलाचौरमा १२ वर्षीया बालिकामाथि दुई युवाले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले ति दुवै आरापीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा हुम्लाको सर्केघाट गाउँपालिका ७ का १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँका २० वर्षीय रामकृष्ण जैशी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।

उनीहरु वीरेन्द्रनगर नेवारेमा बस्दै आइरहेका थिए । बालिकालाई ललाइफकाई वीरेन्द्रनगर नेवारेस्थित खुल्लाचौरमा लिएर सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको उनले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।