२०८२ असार ७ शनिवार

राशिफल

उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – आइतबार काठमाडौं उपत्यकामा ५६६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३९५ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जना छन् । हिजो ६६७ संक्रमित थपिएका थिए । एक साताअघि उपत्यकामा ७३९ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म ११ हजार ३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ७,४२० जना, भक्तपुरमा १,४०० जना र ललितपुरमा २,२१८ जना छन् ।