२०८२ असार ७ शनिवार

राशिफल

अगुल्टो प्रहार गरी छोराले गरे बुवाको हत्या

काठमाडौँ – छोराले बल्दै गरेको अगुल्टो प्रहार गरी बुवाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.४ चालढुङका २५ बर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिण नेपालीको अगेनामा बल्दै गरेको चिरपटसहितको अगुल्टाले कञ्चटमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

छोराको अगुल्टो प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएपछि उनले शव खाटमा सुताएर राखेका थिए ।तर, प्रहरीलाई भने लक्षिणको लडेर मृत्यु भएको भन्ने खबर गरिएको थियो । त्यसपछि प्रहरी मध्य रातिमै घटनास्थलबाट छोरा केशवबहादुरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामान्य घरायसी कलहका कारण छोरा केशवले बुवामाथि अगुल्टो प्रहार गरेका थिए । लक्षिणको शव पोष्ट मार्टमको लागि दाङ ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।