२०८२ असार ४ बुधबार

राशिफल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् ।

आज प्रदेशसभा बैठकमा केसीले सभाको विश्वास पाएका हुन् । उनको पक्षमा ४२ मत परेको छ । त्यस्तै १ सांसद् तटस्थ बसेका छन ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।