२०८२ असार ७ शनिवार

राशिफल

आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला

Susi

काठमाडौँ – झापामा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

झापा प्रहरीका अनुसार आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना मृत फेला परेका हुन ।

मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।