काठमाडौँ – दाङमा फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।
दाङ प्रहरीका अनुसार ०६२ मंसिरमा सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेको अयिभोग लागेका ३७ वर्षीय प्रकाश नेपाली पक्राउ परेका हुन् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो ।
हत्याको घटनापछि फरार नेपालीलाई गोरखाको अजिरकोटस्थित झ्याल्लाबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया