२०८२ असार ३ मङ्गलबार

राशिफल

नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ – आज नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै छ ।

ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा ‘तेस्रो धार’ मा रहेका नेताहरू पनि सहभागी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएपछि उनीहरु बैठकमा सहभागी हुने भएका हुन् ।

लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा नगएका उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रल गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु पनि बैठकमा सहभागी हुने छन् ।