काठमाडौँ – नारायणी पूलबाट हाम्फालेर एक पुरुष वेपत्ता भएका छन् । पुलमा भेटिएको व्यागभित्र नागरिकताको फोटोकपी, बसको टिकट फेला परेको थियो ।
सोही कागजपत्र अनुसार हामफाल्ने दाङ तुलसीपुर – ४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले विहान करिव ७ बजे हाम्फालेको सूचना पाएलगत्तै उनको खोजी भइरहेको बताए । प्रहरीको विपद् उद्वार सहितको टोलीले नारायणीमा खोजी जारी राखेको बताए ।
तपाइँको प्रतिक्रीया