काठमाडौँ – दश महिने शिशुलाई बेपत्ता पार्ने एक युवक प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका–३ स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकाया हुन् ।
उनले भदौ ३ गते राती सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज) लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।
प्रहरी निरीक्षक नवीन थापाका अनुसार , “आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९ः३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेका रहेछन् ।”
अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ ।
तपाइँको प्रतिक्रीया