धनगढी – बैतडीमा शिशुको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका – ७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
शिशु जन्माएपछि केराको सापडाले घाँटी थिचेर हत्या गरेको भन्दै उनका ससुराले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए । उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रीया