२०८२ असार ७ शनिवार

राशिफल

रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिँदा ९ वर्षिया बालिकाको ज्यान गयो

काठमाडौँ – रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् भने मृतक र घाइते एउटै परिवारका हुन् ।

उक्त दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका – ४ बस्ने आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी ४० वर्षीया श्रीमती चन्द्रकाला र २३ वर्षीय छोरा आशिष चौधरी घाईते भएका छन् । उनीहरुको लहानमा उपचार भइरहेको छ । ट्रक र ट्यांकर नियन्त्रणमा लिइएको तथा फरार भएका ट्यांकर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।