काठमाडौँ – काठमाडौँ उपत्यकाको निषेधाज्ञा पुनः लम्बाइएको छ ।
मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पुरानै निषेधाज्ञालाई निरन्तरता दिइएको बताउदै उनले भने, ‘बेलुका ८ बजेपछि अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चल्न पाउने छैनन् । सबै किसिमका पसलहरु बेलुका ८ बजेअघि नै बन्द गर्नुपर्नेछ । पछिल्लो साताको संक्रमणदरको समीक्षा गर्दा स्थिर देखिएको छ ।’
पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।
तपाइँको प्रतिक्रीया